Websoft University

एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय महिला लिग फुटबल खेल हुदैछ


काठमाण्डौ माघ २४ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछ । दोस्रो चरणका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । आजको खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका उदयपुरबीच हुनेछ । दोस्रो चरणको अन्तिम खेल फागुन ७ गते त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा खेलाइने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभएको छ । कुल सात टोली सहभागी राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लव १८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १३ अङ्कसहित दोस्रो, विराटनगर महानगरपालिका १० अङ्कसहित तेस्रो तथा नेपाल पुलिस क्लब ८ अङ्कसहित चौथो स्थानमा छन् ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.