Websoft University

कृषकलाई ब्याबसायिक बनाउन कृषियन्त्रिक उपकरण बितरण

 

उत्तम पोख्रेल -मोरङ बेलबारी माघ २३ गते । रातो तारा डट कम, मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई विभिन्न कृषियन्त्रिक उपकरण बितरण गरेको छ । एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई कृषि यन्त्रिक उपकरण पावर टिलर,मकै थ्रेसर र गोलासहितको माहुरीको घार बितरण गरेको हुन ।


कृषकहरुलाई ब्याबसायिक कृषिमा जोड दिनका लागि कृषि उपकरण बितरण गरीएको नगर प्रमुख सुवेदीले बताए । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने उदेश्यले कृषकहरुलाई सहयोग गरेको मेयर सुवेदीले बताए ।



क वडा एक उत्पादनको निति लिएको नगरपालिकाले १० थान पावर टिलर,२० थान मकै छोडाउने (मकै)थ्रेसर,गोला सहितको ६० घार माहुरी तथा ६ थान मिनिटिलर बितरण गरीएको कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए । कृषि यन्त्रिकरणहरु ब्याब्सायिक कृषक समुह, फर्म हरुलाई प्राथम्किता आधारमा बितरण गरीएको दाहालले बताए । 


कृषियन्त्रहरु नहुदाँ खेतिगर्न असहज भएको थियो प्रगतिशिल महिला कृषक समुहका अध्यक्ष सजय कुमारी राईले भनिन अब समय तथा खर्चको समेत बचत हुने भयो । उनले थपिन आमदानि गर्न समेत सहज हुन्छ ।  


प्रत्येक बर्ष कृषक , कृषक समुह तथा ब्याबसायिक कृषि फर्महरुलाई यन्त्र तथा बउ बिजनहरु दिएर सहयोग गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.