Websoft University

नेकपा सुनसरीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण सम्पन्न

 


सुनसरी इटहरी । रातो तारा डट कम,नेकपा सुनसरीका  पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण सम्पन्न भएको छ । नेकपा ओली समूहका नवनियुक्त अध्यक्ष रेवतीरमण भण्डारी,उपाध्यक्ष निलम खनाल,सचिव पर्शुराम यादव,सहसचिव लिलम वस्नेत,संगठन विभाग प्रमुख योग्यराज खडका,कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गर्नुभएको हो ।

साविकका थप गरि ४सय ६७सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेले सपथ गराउनुभयो । नेकपा ओली समूहले सुनसरीका वाहैवटा स्थानीय तहको अध्यक्ष समेत तोकेको छ । जिल्ला अध्यक्ष रेवती रमण भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा,धरानमा हर्कजंग एभेङ्ग,दुहवी खडग नारायण उराउ, वराहक्षेत्र गजेन्द्र थापा,रामधुनी योगेन्द्र खडका,इनरुवा विदुर सुवेदी, गढि प्रभाकर माझी,वर्जु दिल कुमार गुरुङ्ग,देवानगंज राम प्रसाद मेहता,हरिनगर जय प्रसाद शाह,भोक्राहा नरसिंह अक्रम अन्सारी,कोशी रामखेलन शाह अध्यक्षमा चयन हुनुभएको छ । 

 वैठकले गत पौष ५ गतेको प्रधानमन्त्रीले लिएको निर्णयको हार्दिक समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । वैठकले आगामि वैशाख १७ र २७ गते हुने निर्वाचनमा सुनसरी जिल्लाका चार ओटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ दृढतापूर्वक अघि बड्ने प्रतिबद्धता व्यक्त गरेको छ । फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरीवाट ३० हजार सहभागिता गराउने गरि तयारी गरिएको वैठकपछि अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.