Websoft University

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज वुटबलमा आयेजित जनसभालाई सम्बोधन गर्नु भयो ।


काठमाण्डौ फागुन १ गते । रातो तारा डट कम, नेकपा ओली अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज वुटबलमा आयेजित जनसभालाई सम्बोधन गर्नु हुदै,प्रचण्डलाई जनसमर्थन कस्तो हुन्छ बुटवल तिर हेर्न आग्रह गर्नुभयो । देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै प्रधानमन्त्री ओलीले देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न भनेका हुन । 

२८ माघमा काठमाडौंमा भएको जनसभामा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीलाई आसमभा कस्तो हुन्छदेख्नुभयो ? भनेर प्रश्न गरेको बताउनु भएको थियो । (संसद बिघटन पछि यो दुइ समुहबीचमा आरोप प्रत्यारोप चलिरहेको छ ) ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभई केही नेता चोइटिएर गएको सभामा बताउनुभएको छ । नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले पार्टी विभाजन भएको नभई पार्टी, देश र जनताको हित नचाहने केही व्यक्तिहरू चोइटिएर गएको बताउनुभयो । 

बुटवलमा जुटेको जनमतले पार्टी नफुटेको र पार्टी एक भएको तथा ओली नेतृत्वमै रहेको भन्ने पुष्टि गरेको बताउनुभयो । अर्थमन्त्री समेत रहनुभएका पौडेलले पूर्वपार्टीको लिगेसीका कारण केही नेताहरूलाई अप्ठ्यारो परेको भए पनि अलमलमा नपरी र अप्ठ्यारो नमानी ओली नेतृत्वमा आउन आग्रह गर्नुभएको थियो । 

पौडेलले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने भएकोले निर्वाचनको तयारीमा लाग्न आग्रह पनि गर्नुभयो । लुम्बिनी प्रदेशमा १७ गते निर्वाचन हुने भएकोले त्यही अनुसार लाग्न उहाँले आग्रह गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.