Websoft University

सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न


जयकृष्ण यादव–सुनसरी इनरुवा फागुन १ गते । रातो तारा डट कम, सुनसरीको इनरुवामा एक वर्ष अघि गठन भएको सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको आठौ श्रृखला सम्पन्न भएको छ । गित, गजल,कविता र लघु नाटक सहित आठौ श्रृखला इनरुवा–२को सत्य संसार साप्ताहिक पत्रिकाको समन्वय तथा वर्णमाला दैनिकको संयोजनमा सम्पन्न भएको हो । 


कार्यक्रममा इनरुवा नगर क्षेत्र सहित इटहरी उपमहानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिती रहेको थियो । सम्पन्न कार्यक्रममा कालकार तथा पत्रकार पवन रौनियारले बालविवाह विरुद्धको नाटक प्रस्तुत गर्नुभएको थियो भने साहित्कार खखेराले मुक्तक प्रस्तुत गर्नुभयो । 

साहित्यमा रुची राख्ने ३० बढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार पुरुषोतम घिमिरे, कालीदास कोइराला, फडिन्द्र प्रसाद दाहाल, काब्यकार डम्भरुबल्ल्भ भण्डारी, यसोधा अधिकारी, जेनिस देव, कान्ता पोखरेल भट्टराई, टिका सिवाकोटी आचार्य, बिनिता दाहाल, चन्दन गुप्ता, छविनाथ रिजाल, गोपाल कोइराला त्यागी, प्रकाश मेहता अनुराग, विष्णु न्यौपाने। रमेन्द्रमुनि कोइराला, विष्णुुथापा मगर लगायतकाले रचना वाचन गर्नुभएको थियो ।

 त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य जयकृष्ण यादव, जिल्ला सदस्य टोमराज मेहता, चन्दन गुप्ता, पत्रकार दिपेन्द्र यादव, अजमल हुसैन्, असलम साफी, सत्य संसार साप्ताहिकका अरविन्द यादव, सुरज यादव, शिक्षक देवकृष्ण यादव लगायतका सरोकारवालाको समेत उपस्थिती रहेको थियो । सिर्जनामा इनरुवाको आठौ श्रृखला लिलानाथ सिलवालको अध्यक्षता र प्राज्ञ जिवनाथ पोखरेल पंक्षीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.