Websoft University

कविता--प्रेमको सहर

 


लेखक-तारा पराजुली,बेलबारी मोरङ

तिमी स्विकार

या नस्विकार जे गर

तर हामीले प्रेम दिवस थाहा हुनुभन्दा धेरै अघि

पढेका हौँ प्रेमको बर्णमाला 

उतिबेलै हामी आफैंले उठाएका हौँ 

प्रेमको बढेमान पर्वत

त्यहीँ बनाएका हौँ 

प्रेमकै इँट्टा इँट्टा जोडेर सुरक्षित घर

बनाएका हौँ भव्य शहर

अनि बसाएका हौँ उज्यालो वस्ती

र एकाअर्कालाई गरेका हौँ बेस्सरी प्रेम।

त्यो समय

एक साथ सयौं सूर्यहरु उदाएको समय

अचानक भेटिएका थियौँ हामी।

यो सहर,

जहाँ फूलबाट छुट्टाउन सकिन्नं सुवास

जसरी आगोबाट छुट्टाउन सकिन्नं राप

त्यसैगरी छुट्टाउन सकिन्न 

अनुहार बाट समावेशी आभा।

र अलग्याउन सकिन्नं मनको आलिशानबाट 

प्रेमको लोकप्रिय लय।

नहिँडुन्जेलको झाडी बाटो 

हिंड्दै गएपछि गोहो बन्छ

यस्तै ससाना गोरेटोहरु भेटिएर

हामी चौडा सडक बन्यौँ।

बगानका झाङहरुबाट चिया टिपेझैँ

उमेरका रङ्हरु टिपेर

रङ्गैरङ्गको इन्द्रेणी बनायौँ

फूलहरुको वस्तीवीच 

कहिले फूल त कहिले सुगन्ध बाच्यौँ।

रहरको लट्टाइमा फनफनी बाँधिएर

विश्वासको चङ्गा अग्लिरहयौँ

यो यस्तो उचाइ,लाग्छ-

यहाँ भन्दा माथि अर्को आकाश छैन

तमाम तारा नक्षत्रहरु यतै छन्। 

यो यस्तो प्रेमको सहर

जहाँबाट सिङ्गै संसार आँखामा देख्न सकिन्छ

जहाँ अविराम बजिरन्छ प्रेमको सारङ्गी

अनि गुन्जिइरहन्छ प्रेमगीत।


यही बाटोमा हिड्दा हिंड्दै कतै भेटेका हौँ

कैयौंपटक अराजक पहाडहरु

सुनेका हौँ थुप्रैपटक 

विसङ्गत र असभ्य शर्तहरु 

र अन्तमा देखेका हौँ असिनाजस्तै बिलाएर गएको 

समयको एउटा अमानक गर्त।

बर्षात् पछि खुलेको पृथ्वी झैँ

यो सफेद मौसम हेर्दै

त्यसपछि 

यही सर्वोच्च प्रेम सिबिरमाथि बसेर

गाएको हो हामीले पहिलो प्रेमगीत

र एक एक टुक्रा कलेजो निचिरेर

रातो मसीले लेखेको हो 

प्रेमको सर्वमान्य र सार्वभौम सिद्धान्त।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.