Websoft University

एन्फाको मैदान सातदोबाटामा फुटबलका दुई खेल हुने


काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको मैदान सातदोबाटामो हुने पहिलो खेलमा त्रिभुवन आर्मी र चौदण्डीगढीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान साढे ११ बजेबाट सुरु हुनेछ । 

आर्मीले जारी लिगमा ५ खेलबाट १० अङ्क जोडेको छ । आजको खेलमा आर्मी विजयी भए शीर्ष स्थानको एपीएफसँगको अङ्क दूरी ५ मा झार्ने छ । एपीएफको १८ अङ्क रहेको छ । चौदण्डी गढी भने अहिलेसम्म जित निकाल्न सकेको छैन । यसअघि एपीएफसँग २२–० गोलअन्तरले पराजित भएको थियो । 

यसैगरी आजै दिउँसो साढे २ बजे हुने अर्को खेलमा नेपाल पुलिस र विराटनगर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ८ अङ्कका साथ तेस्रो स्थानमा छ भने विराटनगर सात अङ्कका साथ पाँचौं स्थानमा छ । आजको खेलमा विराटनगर विजयी भए तेस्रो स्थानमा उक्ल्ने छ । 



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.