Websoft University

संवैधानिक निकायका पदाधिकारीहरुले आज सपथ लिदै,


काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम,विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका लागि सिफारिस गरेको पदाधिकारीको सपथग्रहण आज हुने भएको छ । गत पुस ५ गतेको संवैधानिक परिषद्को बैठकले नियुक्ति गरेको ३३ जना पदाधिकारीहरुको शपथ ग्रहण आज बिहान ९ बजे हुने तय गरिएको छ ।

 राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण कार्यक्रम तय भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिनुभयो । परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो । सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई बिनै शपथ ग्रहण गराउन लागिएको हो । 

बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको थियो ।  

त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस गरेको थियो । 



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.