Websoft University

लागु औषध सहित मंगलटारबाट २ जना पक्राउ


काठमाण्डौ माघ १४ गते । रातो तारा डट कम,काभ्रेको रोशी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यलय मंगलटारले ठुलो परिमाणमा लागु औषधि सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । हिजो दिउँसो मंगलटार बजार स्थित बि.पी. राजमार्गमा चल्ने सवारी साधनहरु जाँच गर्ने क्रममा पुर्वबाट आउँदै गरेको हायसका दुई यात्रुलाई लागु औषध सहित नियन्त्रणमा लिईएको हो । ईलाका प्रहरी कार्यलय मंगलटारका ईन्सपेक्टर शेखर खड्काका अनुसार पक्राउ पर्नेमा काभ्रे जिल्ला चौरिदेउराली गाउँपालिका वडा नं. ३ बस्ने १९ बर्षिय शम्सेर घिसिङ र सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. २ बस्ने २७ वर्षिय अजित कामत रहेका छन् । उनिहरुको साथबाट नाईट्राभेट–१० नामक लागुऔषध २८ पत्ताको ८४० गोली, डाईजापान ईन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान र फेनारागन १० थान फेला परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले पुष्टि गर्नुभयो  । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.