Websoft University

ओली विरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता


काठमाण्डौ माघ १४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आज सर्वोच्च अदालत प्रशासनमा ओली विरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ताभएकोहो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराउनुभएको छ ।  

प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ । त्यतिबेला प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन् भन्ने टिप्पणी गरेका थिए । 

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई तमासा र बहस गर्ने कानुन व्यवसायीलाई बाजे भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.