Websoft University

बेलबारी ४ मा नबनिर्मीत स्वास्थ्यचौकि भवनको उद्घाटन

 


मोरङ बेलबारी । रातो तारा डट कम, मोरङको बेलबारी ४मा नब निर्मीत आधारभुत स्वास्थ्यचौकि भवनको उद्घाटन गरीएको छ । मगलबार एक कार्यक्रमका बिच नगरपालिकाका नगर प्रमुख (मेयर)ज्ञानेन्द्र सुवेदीले आधारभुत स्वाथ्यचौकि भवनको उद्घाटन गरेका हुन ।  


भवनको उद्घाटन गर्दै नगरपालिकाका नगर प्रमुख सुवेदीले सवैवडामा आफनै भवन बाट सेवा दिनेगरी काम गरीरहेको बताए । बेलबारीका ३,२,६ र १० नम्बर वडामा कार्यालयका भवनहरु निर्माण भइरहेका छन भने अन्य १,४,५,७,८,९ र ११ नम्बर वडामा आफनै भवन बाट स्वास्थ्य सेवा नगरपालिकाले दिईरहेको छ । नगरपालिका मुटुरोग, मिर्गाैला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीहरुलाई अहिले सम्म १ करोड भन्दा वढि सहयोग गरीसकेको समेत नगर प्रमुख सुवेदीले बताए । नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने गरेको छ । 

यस्तै बेलबारी ४ मै १५ सैया बेडको अस्पताल समेत शिल्यान्यास भइसकेको छ । नगरको पहिलो प्राथमिक्ता स्वास्थ्य रहेको नगर प्रमुख सुवेदीको भनाईरहेको छ । भवन उद्घाटन कार्यक्रममा जग्गा दाता कृष्ण माया दुलाल र कृष्ण प्रसाद दुलालाई समेत सम्मान गरीएको छ । जग्गा दाताहरुलाई नगर प्रमुख सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेका हुन । भवन शिल्यान्यास कार्यक्रम बेलबारी नगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष राम कुमार राईको अध्यक्षता सम्पन्न भएको हो । 

यसैगरी बेलबारी नगरपालिकाले महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर गरीरहेको छ । माघ ११ गते देखी नगरका विभिन्न वडाहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।  निःशुल्क स्वास्थ्य शिविरमा अब्स्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरूको ईस्केनिङ रिगंपेशरी तथा भि.आई.ए.जाँच सेवा साथै आँखा जाँच सेवा समेत संचालन गरीरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

उनका अनुसार बेलबारी वडा नं. ६, ७ र ४मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ । माघ ११ गते प्राथमिक स्वास्थ्य केन्द्र, बेलबारी ७ बाहुनी र आधारभूत स्वास्थ्य सेवा केन्द्र बेलबारी ६, बोराबादमा माघ १२ गते तथा १३ गते बेलबारी ४मा  शिबिर संचालन गरीसकिएको उनले बताए । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.