Websoft University

मोरङको दर्वेशामा नोना कोइराला स्मृति दिवस मनाइने

 


विराटनगर माघ १३ गते । रातो तारा डट कम, नेपाली कांग्रेस मोरङले प्रजातान्त्रिक आन्दोलनकी नेतृ नोना कोइरालाको स्मृति दिवस यसपटक विराटनगरभन्दाबाहिर मनाउनेभएकोछ । यस पटक कोइरालाको स्मृति दिवस मोरङको रंगेली नगरपालिका वडा नम्बर ८ दर्वेशामा भव्य रुपमा मनाउने निर्णय भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी गराए । स्मृति दिवसलाई आन्दोलनकै रुपमा मनाउने तयारी भएको घिमिरेले बताए । संसद पुनःस्थापनाको माग गर्दै कांग्रेस देशव्यापी आन्दोलनमा छ । “स्मृति दिवसलाई पनि यसपटक हामीले आन्दोलनकै रुपमा मनाउने तयारी गरेका छौं,” घिमिरेले भने । स्मृतिसभालाई जिल्ला सभापति डिगबहादुर लिम्बू, सचिव मोदराज घिमिरे, नागेश कोइरालालगायत जिल्ला र स्थानीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तयभएकोछ । 

सम्पादक नवोदितसहित एक दर्जन व्यक्त सम्मानित 

विराटनगर ÷ नेपाल वैश्य युवा संघ मोरङले विराट सन्देश डट कमका सम्पादक मीनकुमार नवोदितसहित एक दर्जन व्यक्तिलाई सम्मान गरेको छ । 

विराटनगरमा विशेष समारोहको आयोजना गरेर सम्पादक नवोदितसहित सामाजिक, शिक्षा, सुरक्षालगायतका क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई संघले सम्मान गरेको हो । मकालु टेलिभिजनका सहसम्पादक, कारोबार दैनिकको प्रदेश–१ संयोजकसमेत रहेका नवोदित युवा साहित्यकारसमेत हुन् । उनका विभिन्न साहित्यिक कृति प्रकाशित छन् । पत्रकारिता र साहित्यका माध्यमबाट समाजमा पुर्याएको योगदानबापत नवोदितलाई सम्मान गरिएको संघले जनाएको छ । नवोदितसहित पत्रकार शंकर खरेल, नविन कर्ण र तारा आचार्यलाई समेत संघले सम्मान गरेको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री शिवकुमार मण्डल, संघका अध्यक्ष गणेशकुमार साहलगायतले सम्मान गरेका थिए । 

त्यस्तै संघले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्का, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी, विराटेश्वर वृद्धाश्रमका संस्थापक अध्यक्ष जगतप्रसाद अज्र्याल, हाम्रो अभियान टिम, अरुण न्यौपाने, पेरिस सुवेदी, सुशील रिजाल, जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी निरीक्षक, एन्जिला राईका साथै संघका सल्लाहकार राजेश गुप्ता, सियाराम रौनियार, पवनकुमार साह, शिवनारायण गुप्ता, गौरी भगतगौरी भगतलगायतलाई पनि सम्मान गरिएको थियो । चार चरणबाट कार्यक्रममा सम्मान गरिएको अध्यक्ष साहले जानकारी गराए । कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार र समाजका अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको महासचिव सन्तोष साहले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.