Websoft University

अमेरिकी औषधि उत्पादक मोडेर्नाले उत्पादन गरेको खोपले कोरोनाको नयाँ प्रकारको भाइरसलाई पनि र्निमुल गर्न सक्ने छेमता रहेको बैज्ञानिकहरुको दाबी


काठमाण्डौ माघ १४ गते । रातो तारा डट कम,अमेरिकी औषधि उत्पादक मोडेर्नाले उत्पादन गरेको खोपले कोरोनाको नयाँ प्रकारलाई पनि परास्त गर्ने  वैज्ञानिकहरूले दाबी गरेका छन् । आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोना भाइरसको प्रकारसँग लड्न पनि सक्षम देखिएको मोडेर्नाका वैज्ञानिकहरूले जनाएका छन् ।  प्रारम्भीक परीक्षणमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको बीबीसीले जनाएको छ ।  यद्यपि खोप लगाइएका मानिसहरूमा अध्ययन नगरिएकाले पूर्णरूपले त्यसले काम गर्नेमा पनि आशंका कायमै छ ।  सुरुमा बेलायत र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भीक अध्ययनहरूले देखाएका छन् । सेप्टेम्बर महिनामा बेलायतबाट फैलिएको नयाँ प्रकारको भाइरस ७० प्रतिसतसम्म थप संक्रामक पाइएको विज्ञहरूले जनाएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.