Websoft University

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु

 


विराटनगर, १४ माघ । रातो तारा डट कम, प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयी प्राप्त गर्ने काम शुरु भएको बताउनुभयो ।


उहाँले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन शुरु गरिने बताउनुभयो । सरकारले सवै व्यक्तिलाई कोभिड १९ विरुद्धको खोप लगाउने मन्त्री कार्कीले बताउनुभयो । जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको उहाँले बताउनुभयो । 

कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास र बरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा कार्यक्रमको शुरुवात गरिएको छ ।  आज ८ जिल्लाका १९ वटा खोप केन्द्रमा खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र ते¥हथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । निर्देशक बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिईसकिएकाले ८ जिल्लाका १९ वटै केन्द्रमा आज कार्यक्रम शुरु भएको उहाँले बताउनुभषे । विहिबार ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम शुरु हुने बस्नेतले बताउनुभयो ।

कोभिड विरुद्धको खोप लगाईसकेपछि कोशी अस्पतालका बरिष्ठ फिजिसिजन डा. दीपक सिग्देलले भ्याक्सीन सुरक्षित रहेकाले डराउनु नपर्ने बताउनुभयो । उहाँले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताउनुभयो । पहिलो खोप लगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिना सम्म सुरक्षित रहन सकिने उहाँले बताउनुभयो । 

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाईदैछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.