Websoft University

नेपालमा सङ्क्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगे


काठमाण्डौ माघ ९ गते । रातो तारा डट कम,देशभर कूल चार सय ८० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइट मार्फत् दिएको जानकारी अनुसार नेपालमा हाल सम्म कूल दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७ दशमलब ९२ प्रतिशत रहेको छ । केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ सय २ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ५ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना महिला र १६९ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सङ्क्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.