Websoft University

एनआरएनए,को विशेष महाधिवेशन आजदेखि भर्चुअल विधिबाट सुरू गरिने


काठमाण्डौ माघ १० गते । रातो तारा डट कम,गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि भर्चुअल विधिबाट सुरू हुँदैछ । भोलिसम्म चल्ने विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा नवौँ महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधनको साझा प्रस्तावमाथि छलफल गरेर पारित गरिने सङ्घले जनाएको छ । महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन् । उद्घाटन कार्यक्रपछि सङ्घको विज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुङ्गिएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.