Websoft University

भीमफेदी कुलेखानी सडक आउँदो चैत १० गतेसम्मका लागि बन्द रहने


काठमाण्डौ माघ १० गते । रातो तारा डट कम,काठमाडांैदेखि कुलेखानी, भीमफेदी हुँदै हेटौंडा जोड्ने सडकखण्ड आजदेखि दुई महिनाका लागि बन्द हुने भएको छ । भीमफेदी कुलेखानी सडकखण्ड निर्माण भइरहेकोले आउँदो चैत १० गतेसम्मका लागि बन्द गर्न लागिएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिनुभयो । भीमफेदी कुलेखानी सडक बिस्तार तथा घुम्तीमा ढलान गर्न आयोजनाको निर्माण कार्यसँग सम्बन्धित सवारी साधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ छ । भीमफेदी कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडा लगायतका कार्य भइरहेको  छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेहरूलाई बैकल्पिक सडक प्रयोग गर्न पनि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले आग्रह छ । भीमफेदी कुलेखानी सडक बन्द भएपछि काठमाण्डौ हेटौंडा यात्राका लागि त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने प्रवक्ता ओझाले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.