Websoft University

प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब

 


विराटनगर । रातो तारा डट कम,प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब कार्यक्रम प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्री परिषदको सभा हलमा सम्पन्न भएको छ ।


प्रमुख अतिथि प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरी सुरु भएको सो कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष माननीय सुबोधराज प्याकुरेल, निमिक्त प्रमुख सचिब, प्रदेश सभाका सचिब, विभिन्न मन्त्रालयका सचिबहरु, निजामती कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तब्यका क्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले लोक सेवा आयोगको गरिमा निश्पक्षतामा रहेको औल्याउँदै प्रदेश लोक सेवालाई प्रदेशमा स्थापित गराउँन सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउँनु भएको छ । ज्ञान, बुद्धि, विवेक, शीप र बौद्धिकताको उचित प्रयोग राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने कुरामा जोड दिनुभएको छ । प्रदेश लोक सेवा आयोग सबैका लागि र सधैका लागि विश्वासिलो, निश्पक्ष, तटस्थ, पारदर्शी बनी रहोस् भन्ने शुभेच्छा सहित शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अथितिले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिका को विमोचन गर्नु भएको थियो । कार्यक्रमा अतिथि तथा उपस्थित महानुभावहरुलाई प्रदेश लोक सेवा आयोगकी सदस्य माननीय सजना दहालले शुभकामना व्यक्त गर्नु भएको थियो । प्रदेश लोक सेवा आयोगका सदस्य माननीय टीकादत्त राईले प्रदेश लोक सेवा आयोगले एक वर्षको अन्तरालमा गरे भोगेका कार्यहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । माननीय सुबोधराज प्याकुरेल र निमित्त प्रमुख सचिबले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रदेश लोक सेवा आयोगका अध्यक्ष माननीय उत्तम कुमार भट्टराईले धन्यवाद ज्ञापन सहित कार्यक्रकको अन्त्य गर्नुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.