Websoft University

लागु औषध सहित मानिस नियन्त्रण

 


बिराटनगर पुस २० गते । रातो तारा डट कम, जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १६ हुलास चोक  स्थित लागु औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं .११ बस्ने बर्ष ३२ को कुशल चौधरीलाइ चेकजाँच गर्ने क्रममा निजको साथबाट लुपिजेसिक ६ एम्पुल, एभिल ६ एम्पुल, डाईजेलाब ६ एम्पुल, फेनारगन ६ एम्पुल गरी २४ एम्पुल तथा सोही दिन उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका वडा नं . २ बस्ने बर्ष २४ को अनिल कुमार राईलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट लुपिजेसिक ८, एभिल ८, डाईजेल्याव ८ र फेनारगन ८ एम्पुल गरी ३२ एम्पुल अवैध लागु औषध फेला पारी निज समेत गरी दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेकोछ ।

 त्यसैगरी  मोरङ सुनबर्सी नगरपालिका वडा नं ८ हर्सनगडी चोक स्थितमा दक्षिणबाट पुर्वतर्फ आउदै गरेको पैदल यात्री जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं १ बस्ने बर्ष २८ को अनिश नेपालीलाई चेकजाँचको क्रममा निजको साथबाट नाईट्रोभेट ट्याब्लेट २३ पिस,  ६ एम्पुल, डाईजोल्याव ६ एम्पुल, फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल अवैध लागु औषध प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले फेला पारी निजलाई लागु औषध सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थपअनुसन्धानकार्यभईरहेकोछ । 






 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.