Websoft University

अवैध सामान बरामद

 


 बिराटनगर पुस २० गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं १६ दरैया स्थित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी ल्याई वेवारिसे अवस्थामा छाडिएको विडी ६५ प्याकेट, खैनी १८ प्याकेट, गुल १७ प्याकेट र प्लाष्टिकको चम्चा ९० प्याकेट गरी अन्दाजी रू। २४ हजार भन्दा बढिको सामान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भई रहेको । 

भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूमा भन्सार छली चोरी पैठारी गरी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।१७ मटेरुवा स्थितमा विभिन्न प्रकारका भान्सामा प्रयोग हुने अन्दाजी ४० हजार बरावरको सामाग्रीहरू ल्याई वेवारिसे छाडिएको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भई रहेको छ। 

बरामद सामाग्री

 ग्यास चुला पेलेट २० वटा,ग्यास रेगुलेटर ४० पिस

कुकर बिड ७० पिस,गिलाश ४० पिस

कुकर हेन्डिल १५ पिस, कुकर सिटि ३५

किचेन ह्याङ्गर ३० पिस,कुकर सिटि नट(२ प्याकेट

कुकर लबर ३८ प्याकेट,चम्चा ६०० पिस । गुड ८० केजी । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.