Websoft University

मलेशियाबाट नेपालीहरुको शव लिन नेपाली जहाज जाने


काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम,नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज नेपालीको शव लिनका लागि मलेसिया जाने भएको छ । मलेसियामा मृत्यु भएका १८ जनाको शव लिन आज निगमको वाइडबडी–३३० जहाज मलेसिया जाने भएको निगमले जानकारी दिएको छ । मलेसियास्थित नेपाली दूतावासले निगमलाई १५–१५ दिनमा शव बोक्नका लागि उडान गर्न आग्रह गर्दै आएको थियो । सोही अनुसार परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयको सहकार्यमा १८ जनाको लिन शव लिन मलेसिया जाने भएको निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको वाइडबडीमा शव बोक्ने अधिकतम क्षमता १८ मात्रै हो । सोभन्दा बढी शव भएको अवस्थामा अन्य एयरलाइन्ससँगको सहकार्यमा ल्याउनुपर्ने हुन्छ ।  




 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.