Websoft University

निर्वाचन आयोगले सरकारले घोषणा अनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न तीब्र गतिमा काम थाल्यो


काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम,निर्वाचन आयोगले सरकारले घोषणा गरेको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिएको छ । निर्वाचनको तयारीको लागि हिजो निर्वाचन आयोगले सबै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । 

आयोगले तोक्ने सम्पर्क व्यक्तिले निर्वाचनसँग सम्बन्धीत ऐन, नियम, निर्देशिका लगायतमा भएको व्यवस्था अनुसारको कार्यसम्पादन गर्ने जनाएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा स्थानीयस्तरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धीत विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्नेलगायतका कार्यहरू सञ्चालन गर्न भनिएको छ । 

यस्तै आयोगबाट तोकिएका कार्यहरूमा आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एकरएक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय पनि आयोगले गरेको छ । उक्त निर्णयानुसार सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सो सरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिनेछ । सम्पर्क व्यक्तिले आयोगलाई आवश्यक जानकारी दिनेछन् । 

जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धीत शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिने विज्ञप्तिमा उल्लेख छ । यसका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिसकेको छ । साथै, प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत आयोगले स्वीकृत गरेको छ ।



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.