Websoft University

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो राष्ट्रपतिको पदभार सम्हालेसँगै ट्रम्प प्रशासनको गलत नीति उल्ट्याउनुभयो


काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम,अमेरिकामा सत्ता परिवर्तन भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो राष्ट्रपतिको पदभार सम्हालेसँगै सत्ता परिवर्तन भएको हो । कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति बाइडनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पशासनले गरेका दर्जनभन्दा बढी नीतिहरु उल्ट्याउनुभएको छ । 

उहाँले कार्यकारी आदेश जारी गर्दै ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीतिहरु उल्ट्याइने बताउनुभयो । राष्ट्रपति बाइडेनले कार्यकाल सम्हाल्दै कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तीव्र बनाउने कार्यकारी आदेशहरू जारी गर्नुभएको छ । उहाँले कोरोना महामारीसँग लड्ने विषयमा सरकार अघि बढ्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने बताउनुभयो । 

साथै अमेरिकी वरिष्ठ वैज्ञानिक डा. एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने पनि बताउनुभयो । त्यसै गरि सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागि हुने, विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गरिने पनि बताउनुभयो । उहाँले ट्रम्पको पशासनले मुलुकको अहितमा हुने गरि गरेका निर्णय र नीति तत्काल हटाइने पनि उल्लेख गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.