Websoft University

दुर्घटनाबाट मोटरसाईकल र ट्याक्टर चालकको मृत्यु



बिराटनगर, माघ ८ गते । रातो तारा डट कम,झापा कचनकवल-१ बस्ने ३२ बर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे झापा बाह्रदर्शी-३ स्थितमा मे ७ प ७९६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक  राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसै गरी ईलाम माईजोगमाई-४ हातिटार स्थित भित्री सडक खण्डमा ट्याक्कर दुर्घटना हुदा चालक सोही स्थानका ४५ बर्षीय राजु धमलाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे प्रदेश न. ३-०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाई रहेका धमलाले  ब्रेक लगाउने क्रममा उनि आफै ट्याक्टरबाट लड्दा गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका धमलाको विएण्डसि अस्पताल विर्तामोड झापामा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.