Websoft University

आज पनि कांग्रेसको वडास्तरीय प्रदर्शन


काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले आज प्रतिनिधि सभा विघटनविरुद्ध वडास्तरीय प्रदर्शन गर्दैछ । काँग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्न लागेको हो । प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै काँग्रेसले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलनमा छ । यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको थियो । पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध गरिएको थियो । आज हुने वडा स्तरीय प्रदर्शनमा सहभागि हुन सभापति शेरबहादुर देउवाले सबैलाई अपील गर्नुभएको छ । उहाँले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्नुभएको हो । 



 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.