Websoft University

प्रदेश १ का सातौँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भयो


काठमाण्डौ माघ ७ गते । रातो तारा डट कम,प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित भएको छ । 

सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गर्नुभएको कुरा बताएका थिए । प्रदेश सभा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएका छन ।  नेकपा विभाजज भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । 

१ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको सकेकोछ । नेकपा विभाजनपछि एकले अर्को पक्षका सांसदलाई निलम्बन गर्दै आएका थिए । कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि प्रदेश सभा परिसरमा मर्यादापालकको संख्या समेत बढाइएको थियो । 

सांसदहरु बस्ने कुर्सी समेत यताउता गर्न नसकुन भनेर वेल्डिङ गरिएको छ । यसअघि विभिन्न प्रदेश र प्रतिनिधि सभामा पनि सांसदहरुले कुर्सी उठाएर हानेको घटनाबाट पाठ सिक्दै वेल्डिङ गरिएको प्रदेशसभा सचिवाललयले जानकार गराएकोछ । 


नेपालमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगे


काठमाण्डौ माघ ७ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना सङ्क्रमित थपिएका हुन् । योसँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ३८३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९७५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण भएको छ । 



 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.