Websoft University

नेपालमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगे


काठमाण्डौ माघ ७ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना सङ्क्रमित थपिएका हुन् । योसँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ३८३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९७५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.