Websoft University

हामीले यथार्थपरक चलचित्र बनाउनु पर्छ - निर्देशक समुन्द्र भट्ट

 


काठमाडौँ  । रातो तारा डट कम, बिगत एक दशक देखि चलचित्र निर्देशन यात्रामा लागेकी निर्देशक समुन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा एउटा गर्विलो नाम हो । सानै उमेर देखि चलचित्र क्षेत्रमा सक्रिय रहेर सिने नगरीमा स्थापित हुन सफल निर्देशक समुन्द्र भट्ट चलचित्र निर्देशक समाज नेपालको कोषाध्यक्ष हुन्। चलचित्र बिषयमा पढेर निर्देशनमा प्रवेश गरेकी उनि सामाजिक कार्यमा समेत परिचित नाम हो।  निडर स्वाभाबकि भट्ट चाडैनै नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छिन। पछिल्लो समय म्युजिक भिडियो पनि निर्देशन गर्न सुरु गरेकी उनले नेपाली चलचित्र क्षेत्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउन विभिन्न महत्वपुर्ण भूमिका निर्बाह गरिसकेकी छिन। ब्यबसायी समेत रहेकी कुशल चलचित्र निर्देशक समुन्द्र भट्ट संग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ। 

 

-नमस्कार ! आजकाल के मा ब्यस्त हुनुहुन्छ ?

 

 नमस्कारआजकल नयाँ चलचित्रको स्क्रिप्टगित फाइनलको तयारीमा लागेकी छु। त्यसैगरी आफ्नै ब्यापार ब्यबसाय र सामाजिक कार्यमा व्यस्त छु।

 

अहिलेको सिनेमाको मुलधार कता गइरहेको जस्तो लाग्छ ?

 

सिनेमा एउटा समाजको ऐना होजसले समाजमा देशमा र विश्वमा भएका मानचित्रलाई दर्शकसामु प्रस्तुत गर्दछ।  तर हामीले सधैं मनोरञ्जनको साधन मात्रै मान्यौ । चलचित्र एउटा बिश्वबिद्यालय पनि हो । नेपालमा सिनेमा लाई केवल हलमा चल्नुलाई सफलता मानिन्छ । तर त्यो होइन । देशमा परिवर्तन ल्याउने बाटो पनि हो चलचित्र अनि मानिसको जीवनलाई परिबर्तन गर्ने माध्यम समेत हो । अहिले नेपालमा निर्माण भैरहेका नेपाली चलचित्रको मुलधार सस्तो मनोरञ्जन मात्रै हो । साडे दुई घन्टा दर्शकले सस्तो र भड्किला डायलगहाउभाउ ,कटाक्ष नारीको नाङ्गा नर्तकयौन प्रदर्शनअनावश्यक फाइट र समाजको भल्गारिटि लाई मात्रै हेर्नुपर्ने बाध्यता छ । त्यही हेरेर क्षेणिक आनन्द लिन्छन दर्शक। हल बाट बाहिर आउदा बिर्सनु पर्छ किनकि त्यस्ले दर्शकको मुटुमा मस्तिष्कमा स्थाइ प्रभाव पारेकै हुदैन । तसर्थ हामीले यथार्थपरक चलचित्र बनाउन समेत लाग्नु पर्छ।  जसले गर्दा भोलिका पुस्ताहरुले हाम्रो क्रियसनलाइ ईतिहासको रुपमा याद गरुन। 

 

-निर्देशक समाजले के कस्ता काम गर्दै आएको छ ?

 

निर्देशक समाज एउटा संस्था हो।  निर्देशक समाजले नेपाली चलचित्र क्षेत्रलाइ आन्तरिक तथा बाह्य रुपमा कसरि प्रबर्धन गर्न सकिन्छ र दर्शकहरुलाई कसरि राम्रो चलचित्र मार्फत मनोरंजनको साथमा शिक्षा प्रदान गर्ने र निर्देशकहरुको हकहित तथा उत्थानमा लागेर समग्र चलचित्र उधोगलाइ उकास्ने कार्यमा लागेको छ।  कोभिड-१९ र लकडाउनको मारमा परेका निर्देशकहरुलाई राहत वितरण गर्ने कार्य समेत गर्यो र अबका दिनमा चलचित्र उधोग पुन: सुचारु भएको अबस्थामा सम्पूर्ण निर्देशकहरु एकबद्ध भएर चलचित्र क्षेत्रलाइ उकास्ने सहकार्यमा लागेको छ। 

 

तपाई आफुलाई जनतासामु कसरि चिनाउन चाहनुहुन्छ ?

 

म एक चलचित्र निर्देशक हुबिगत लामो समय देखि चलचित्र निर्देशनमा नै लागेकी छु।  भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु र राम्रो चलचित्र दर्शकहरुले दिने कोशिषमा छु। चलचित्र क्षेत्रलाइ प्रबर्धन गर्ने मेरो उदेश्य छ।  चलचित्र निर्देशन संगै आफ्नो ब्यबसायसामाजिक कार्यमा समेत सक्रिय रहदै आएकी छु।  यधपी म चलचित्रकर्मी भएर चलचित्र क्षेत्रको उत्थानमा लागिपरेको हुँदा चलचित्रकर्मी नै भनेर चिनाउन चाहन्छु।  

 

जिबन अनि जीवनका भोगाइहरु के हुन् 

 

 'सोचे जस्तो हुन्न जीवनसम्झे जस्तो हुन्न जीवनजस्तो भोग्यो उस्तै हुन्छ।  हाम्रो जीवनको महत्वाकांक्षासपनाभोगाईसोचाई र देखाईको वरिपरि केन्द्रित छ। जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी एकदिन मर्नुनै पर्छ । तरहामी हाम्रो जिबनकालमा कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौंत्यसले कुनै अर्थ राख्दैन । तरकस्तो जीवन बाँच्छौंत्यसले खास अर्थ राख्छ ।’ जन्म पश्चात् जीवनलाई सफल बनाउनु महान वीरता हो । जीवनमा सफलताको लागि इच्छाशक्तिज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । शुभ इच्छा र त्यसअनुसार कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जब निराकार आत्मासाकार शरीरइन्द्रिय र मनको साथ मिल्छतब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो । जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफलसबल र सक्षम बनाउन चाहान्छन। तर पनि किन हुन्न हरेक मानिसको जीवन सोचे जस्तो किन सबै मानिस सफल हुन सक्दैनन् ?

 

-तपाइको बिचारमा सिनेमा भनेको के हो ?

 

 सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा देखाउन सकियोस।चलचित्र श्रव्य दृश्य माध्यम भएकाले यसमा हामी त्यस्ता दृश्यहरू देख्न सक्छौं।  समाजलाई अभिव्यक्त गर्ने र प्रभावित गर्ने काम फरक धारका चलचित्रहरूको होव्यावसायिक चलचित्रहरूको होईन ।  व्यवसायिक चलचित्रको एक मात्रै उद्देश्य मनोरञ्जन दिनु हो । दर्शकलाई भरपुर आनन्द दिन सकियो भने व्यवसायिक चलचित्रको कर्तव्य पूरा हुन्छ। संसारमा जति पनि कला रूपहरू छन्ती सबै अटाउन सक्ने एउटै मात्र कला भनेको चलचित्र नै हो । साहित्यसंगीतगायननृत्यचित्र कलामूर्ती कलावास्तु कलाअभिनय कलास्थापत्य कला आदि जति पनि कलाहरू छन्ती सबैको उपयोग चलचित्रमा हुन सक्छ ।

 

-यस्तो अवस्थाबाट चलचित्र क्षेत्रलाई माथि उकास्न के गर्नुपर्छ?

 

कोभिड-१९ तथा लकडाउन गर्दा थालिएको चलचित्र उधोगमा कलाकार र कन्टेन्ट राम्रो भए उकास्न समस्या छैन। तरअब फिल्मको लगानी घटाउनुपर्छ। दुई तिन करोड लगानीका फिल्महरु रु.१ करोड सम्ममा निर्माण गर्नुपर्छ। थोरै लगानीमा उत्कृष्ट काम गर्न सक्यो भने घाटा लाग्दैन। लगानी घटाउन कलाकारप्राविधिक अथवा निर्देशकलाई कम ज्याला दिएर चाहिं हुँदैन। बरु कलाकारलाई सेयर दिनुपर्छ। निर्देशन पक्षलाइ पनि सवल बनाएर कथालाई न्याय दिएर हामीले दर्शक सामु पुर्याउन सक्यो भने चलचित्र क्षेत्रलाइ उकास्न सकिन्छ।

 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

 

कोरोनाले गर्दा चलचित्र उधोग अझ बढि मारमा परेको छ।  भर्खरै मात्र सिनेमा घरहरु खुले पनि दर्शकहरु गएर चलचित्र हेर्ने बाताबरण मिलेको छैन।  यस्तो अबस्थामा सरकारले अन्य क्षेत्रलाइ जस्तै उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ऋण उपलब्ध गराई धरासायी बनेको चलचित्र क्षेत्रलाइ उकास्न मद्दत गर्नु पर्ने देखिन्छ।  महामारीमा अझ नसकिएको हुँदा सबै उमेर र वर्गका मानिसहरू आआफ्नो क्षेत्रमा सजग र सुरक्षित रहनु हुन विनम्र आग्रह छ । एक अर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक अपिल गर्दछु । गीतसंगीतचलचित्रमोडलिङ र पत्रकारिता क्षेत्रलाइ ब्यबस्थित बनाउन लागि परौ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.