Websoft University

किसान अदुवाखेतीमा आकर्षित हुदै,


काठमाण्डौ माघ १२ गते । रातो तारा डट कम,उत्पादनले बजार र मूल्य पाउन थालेपछि रुकुम पश्चिमका किसान अदुवाखेतीमा आकर्षित भएका छन् । यसअघि परम्परागत रुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक एवं व्यावसायिक रुपमा गर्दै जाँदा कर्णालीका अदुवा किसानले यसलाई नगदे खेतीका रुपमा हेर्न थालेकाछन् । 

अदुवाले राम्रो मुल्य पाउन थालेपछि किसान खुसि भएका हुन । प्रतिकिलो  ५ –१०  मा बिक्री गर्दै आएका उनीहरुले हाल ३० देखि ७५ सम्ममा घरबाटै अदुवा बिक्री वितरण गर्न पाएका छन् । चौरजहारी नगरपालिका– १० रुकुम पश्चिम खोलागाउँका ७० वर्षीय किसान टेकबहादुर बुढाथोकीले अहिले बारीमै खन्दै गरेको अदुवा किन्न व्यापारी आउने गरेको बताउनुभयो । 

पहिले अदुवाखेती गर्ने गाउँले हुन्थे, अहिले त यही खेती गर्ने नै शहरिया भएको देख्न पाइएको छ, यही खेतीबाट पक्की घर पनि बनाएका छन्  उहाँले भन्नुभयो । मुलुक सङ्घीयतामा  गएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सडक पूर्वाधार जोड्ने कामलाई प्रदेश सरकारले जोड दिएको छ । 

अदुवाको बढी उत्पादन हुने सल्यान, रुकुम, जाजरकोट राजधानी सुर्खेतसँग जोडिइसकेका छन् । दुई ÷तीन वर्षदेखि सुर्खेतमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउँदा अदुवा उत्पादक किसानलाई बजारीकरणका लागि सजिलो हुँदै गएको छ ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.