Websoft University

प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जानु हुदै,देउखुरीको राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्कि पुलको प्रधानमन्त्रीले आज उदघाटन गर्ने


काठमाण्डौ माघ  १२ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ आउन लाग्नु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्कि पुलको उदघाटन र पार्टीको बृहत कार्यकर्ता भेला तथा आम सभालाई सम्वोधन गर्न उहाँ दाङ आउन लाग्नु भएको हो । 

उहाले पुलको उद्घाटन  दिउँसो १२ बजे गर्ने र लालमटीयामा हुने पार्टी बृहत आमसभालाई दिउँसो १ बजे सम्वोधन गर्ने कार्यतालिका रहेको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुल तोकिएको समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । 

यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाईसक्ने सम्झौता भएको थियो । प्रधानमन्त्री दाङ आउन लागेपछि नेकपाको ओली समूहले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लालमटियामा हुने पाटीको कार्यक्रममा जिल्लाभरका गाउँ गाउँबाट गरी पचास हजार नेता कार्यकर्तालाई सहभागी गराउने गरी प्रचारप्रसार गरिएको नेता हुकुम बस्नेतले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.