Websoft University

लागुऔषध खैरोहिरोईन सहित ५ जना पक्राउ

 

फाएल फोटो-

बिराटनगर,माघ १२ गते । रातो तारा डट कम,झापाको बिर्तामोड ४ भद्रपुर रोड स्थित र बिर्तामोड ६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका ५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन । उनलाइ १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।


यसै गरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड(६ का २० बर्षीय सुनिल राई र बिर्तामोड  

७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन । उनिहरुलाई ७ ग्राम ६० मिलिग्राम  खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारमा उनिहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईताबार पक्राउ गरेको हो । 



यस्तै आईताबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ९ मगर चोक  एरियाबाट १२००ग्राम  गाँजा सहित बुद्धशान्ती १ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ । 


यसै गरी मोरङ बिराटनगर १५ स्थित सिमा एरियाबाट भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी(१० का १७ बर्षीय कालु कुमार शर्मा रहेका छन । 


उनलाई आईताबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले ल्क्ष्त्च्ब्ख्भ्त् ७५ ट्याब्लेट, NITRAVET-७५ ट्याब्लेट, SPASMO-PROXYVON-४० ट्याब्लेट र DIALEX-DC-५ बोतल लागुऔषध सहित पक्राउ गरेको हो । यसरी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका पाचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.