Websoft University

अलैँची किसान हिउँदे वर्षाको पर्खाइमा


काठमाण्डौ माघ ११ गते । रातो तारा डट कम,समयमा हिउँदे वर्षा नहुँदा सोलुखुम्बुका अलैँची किसान चिन्तित बनेका छन् । अलैँचीमा हिउँदे सिचाई अनिवार्य भए पनि समयमा हिउँदे वर्षा नहुँदा समस्या भएको किसानको गुनासो छ । अहिले खोल्सा तथा कुवाको पानीबाट अलैँचीमा सिचाई गर्न थाले पनि त्यो पर्याप्त नभएको सोलुखुम्बु लिखुपिकेका किसान दीपेन्द्र कार्कीले बताउनुभयो । आकासे पानी ढिलो पर्दा आगामी वर्ष अलैँची उत्पादनमा कम हुन सक्ने किसानहरूको चिन्ता छ । लिखुपिके क्षेत्रका किसानहरू २० बर्ष देखि मुख्यबालीका रुपमा अलैँची खेती गर्दै आएका छन् । पछिल्लो समय रोग तथा भाउ नियमित ओरालो लागेकाले चिन्तित बनेका किसानहरू यस वर्ष समयमा हिउँदे वर्षासमेत नहुँदा थप मर्कामा परेका छन् । एफ.एम सोलुखुम्बु


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.