Websoft University

बोइलर कुखुरा र मोटरसाइकलसहित तस्करलाई प्रहरीले नियन्त्रणमा


काठमाण्डौ माघ  १२ गते । रातो तारा डट कम,भारतबाट अवैध रूपमा ल्याउँदै गरेको बोइलर कुखुरा र मोटरसाइकलसहित तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातिको समयमा जनकपुरधाम उपमहानगरपालिका २५ स्थित वौहर्वा लोहना सडक खण्डवाट मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी बौहर्वा डेवडिहाका सहायक प्रहरी नायव निरीक्षक रुद्र वहादुर आलेको कमाण्डमा खटिएको टोलीले १ सय २० केजी कुखुरा बरामद गरेको हो । वर्डफ्लू रोग भित्रिएसँगै सरकारले भारतीय सीमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको अवस्थामा नेपाल स्थित सुरक्षार्थ खटिएका सुरक्षा निकायले काडाई गरेको हो । प्रहरीले भारतीय कुखुरा, ज १ प ७६७८ नम्वरको मोटरसाइल र तस्करी गरिरहेका जनकपुरधाम उपमानगरपालिका ७ निवासी मो.जयावुल राइनलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरधाममा बुझाईएको छ । सीमा नाकामा कोभिड र अहिले भारतमा फैलिदैगरेको वर्डफ्लू रोग नेपालमा नभित्रियोस भन्ने उद्देश्यका साथ काडा निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता महेन्द्र मिश्रले जानकारी दिनुभयो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.