Websoft University

लागुऔषध सहित ३ जना पक्राउ

 


मोरङ, पौष १९ गते । रातो तारा डट कम,मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर-१६ बाट सुन्दरहरैचा नगरपालिका-११ का ३२ बर्षीय कुशल चौधरीलाई  लुपिजेसिक-६ एम्पुल, एभिल-६ एम्पुल, डाईजेलाब-६ एम्पुल  र फेनारगन-६ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-२ का २४ बर्षीय अनिके राईलाई बिराटनगर-१६ बाट लुपिजेसिक-८ एम्पुल, एभिल-८ एम्पुल, डाईजेलाब-८ एम्पुल र फेनारगन-८ एम्पुल सहित आज दिउँसो १ बजे पक्राउ गरेको हो । यस्तै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का २८ बर्षीय अनिश नेपालीलाई नाईट्रोभेट टयाब्लेट २३ पिस , ippl ६ एम्पुल डाईजोल्याव ६ एम्पुल फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.