Websoft University

मकरसंक्रातिमा लाग्ने त्रिवेणी मेला आज देखी शुरु


श्याम राई- गाईघाट १ माघ । रातो तारा डट कम,उदयपुर र सिन्धुलीको सीमा भएर बग्ने तावा खोलामा मकर संघा्रतीको अबसरमा लाग्ने त्रिवेणी मेला बिहीबार देखी शुरु भएको छ ।  पुर्वाअन्चलको  सबै भन्दा लामो समय सम्म लाग्ने त्रिबेणी मेला मा बिहान देखी मकर नुहाउनेको भिड लागेको छ।  कमला , तावा र ककरु नदीको संगम स्थलमा माघ १ देखी माघ १५ गते सम्म मेला निरन्तर लाग्दै आएको छ । 

मकर स्नान गरी भाकल गरे अनुसार पशुपक्षिको वलिपुजा गरे मनोकामना पुरा हुने बिश्वासमा मुलुक बाहिर भारत बाट समेत ठुलो संख्यामा भक्तजनहरु आउने गरेकाछन । यो बर्ष कोरोनाको कारण भारत बाट भक्तजन नआएपनि आसपासको क्षेत्र बाट भने श्रदालु भक्तजनहरु आउने बिश्वार गरीएको छ । वर्षेनी मेला लाग्दै आएपनि कोरोनाको कारण देखाउदै नगरपालीका ले मेला नलगाउने निर्णय गरेको भएपनि चर्को जनदबावको कारण अन्तीम समयमा आएर नगपालीकाले मेला लगाउन अनुमती दिएको थियो । 

मेलामा बिगत जस्तो रौनक नभएपनि मकर नुहाउन आउने भक्तजनहरुको भिड लागेको कटारी नगरपालीकाका मेयर काजी श्रेष्ठ ले बताए । बिगत बर्षमा अबैध रुपमा खेलाउदै आएको तास जुवा यस बर्ष मेलामा नखेलाउने नगरपालीकाले निर्देशन दिएको छ । “अन्य मनोरन्जनको खेल सामागी्र प्रदर्शन गर्न अनुमती भएपनि तास जुवा खेलाउन पुर्ण निषेध गरिएको छ । ”मेयर श्रेष्ठले बताए । कसैले खेले खोलाएको पाइए स्थानीय प्रहरी प्रसासन ले बडा कार्यबाहि गर्ने छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.