Websoft University

राष्ट्रिय योग दिवस मनाउँदै

 

मोहन कुमार राई- माघ १, विहिवार । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित पोखरीमा “योग गरौ जुटेर रोग जान्छ हटेर”  मुल नाराका साथ छैटौं राष्ट्रिय योग दिवस मनाएको छ । 

चैनपुर आयुर्वेद औषधालय पोखरीको आयोजनामा मनाईएको योग दिवसको अवसरमा पतन्जली योग चैनपुर नगर अध्यक्ष नरबहादुर अधिकारीले शुभकामना मन्तव्यको क्रममा वास्तवमा योगले एउटा कम्प्युटरले हार्डवयर र सफ्टवयरलाई जोडेर प्रोग्राम चलाए जस्तै भौतिक शरीर र आत्मालाई जोडी हरेक तवरले जीवनलाई ठीक सँग सञ्चालन गर्ने वताउनुहुँदै शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आध्यत्मिक रुपमा सवल बनाउने वताउनुभयो । 

आयुर्वेद औषधालय चैनपुरको व्यवस्थापन समिति अध्यक्ष एवं चैनपुर नगरपालिका वडा नंं ३ का वडाध्यक्ष बलबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पतन्जली योग महिला जिल्ला सदस्य संखुवासभाका हेमकुमारी चौहान, पतन्जली योग चैनपुरका सचिव चन्द्र प्रसाद तामाङ, सिद्धकाली महिला सञ्जालका सदस्य नमिता काफ्ले लगायत सामाजिक संघ सस्था, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक एवं चैनपुर आयुर्वेद औषधालयका कविराज एवं कार्यालय प्रमुख दिनेश प्रसाद रायले वताउनुभयो ।

राष्ट्रिय योग दिवसको अवसरमा भएको सो कार्यक्रममा योग अभ्यास गर्नुका साथै माघेसंक्राति पर्व परेकोले तरुल, खिचडी लगायतका परिकार समेत उपस्थितलाई वितरण गरिएको कविराज दिनेश प्रसाद रायले वताउनुभयो । दिवससँगै योगलाई भोलीबाट निरन्तर अभ्यास गराइने समेत कार्यक्रममा जानकारी गराएको सञ्चारकर्मी मोहन कुमार राईले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.