गाईघाट १९ मंसिर । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका ८भान्टाबारी स्थित सौर्य सिमेन्ट उधोगको खानी क्षेत्रमा बिहीबार मध्य राती बम बिष्फोट हुदा पाच जना मजदुर घाइते भएका छन । अज्ञात समुहले राखेको बम राती १२ वजेर २० मिनेट को समयमा बिष्फोट हुदा खानीमा कार्यरत मजदुरहरु कटारी नगरपालीका ८ का २४ वर्षिय बिष्णु बहादुर मगर, वडा न ७ का २३ वर्षिय नबिन मगर, उदयपुरगढी गाउपालीका २ का दुर्गा तामाङ,१८ वर्षिय शिबसंकर मुक्तान र मकवानपुरका ३० वर्षिय सागर मोक्तान घाइते भएको प्रहरीले जनाएको छ । बम बिष्फोट बाट सामान्य घाइते उनीहरु उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहाल ले बताए ।आठ दश जनाको संख्यामा होहल्ला गर्दै आएका समुहले मध्य रातमा एकै समय चार वटा बम बिष्फोट गराएर भागेको प्रत्यक्षी दर्शी मजदुरको भनाइ उद्धीत गर्दै प्रहरीले जनाएको छ । बम बिष्फोट पछि मजदुरहरु ज्यान बचाउन भागेका थिए । बम खानी परिसर भित्र बिष्फोट गराइएको थियो । बम बिष्फोट पछि सो समुहल उधोगको चार वटा एक्काभेटर र एउटा मोटर साइकलमा आगजानी गरेका थिए । आगजानी बाट सवारी साधनहरु पुर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । यस अघि ताप्ली गाउपालीका कार्यालय लक्षीत गरी मंसिर ७ गते पनी अज्ञात समुहले बम बिष्फोट गराएको थियो । बम बिष्फोट मा संलग्न रहेको भन्दै प्रहरीले बिप्लब समुहका दुइ कार्यकर्ता लाई पका्रउ गरेको थियो । घटनाको अनुसन्धान भैरहेको र घटनास्थल मा डिएसपि नेतृत्वको प्रहरी टोली परिचालन गरीएको एसपि दाहालले बताए ।
Post a Comment