Websoft University

खैनी (सुर्ती) बनाउन प्रयोग हुने कच्चा पदार्थ, मेशिन सहित २ जना पक्राउ

 


बिराटनगर मंसिर १९ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.-१० त्रिवेणी चोक स्थितमा रहेको मुक्तीराज ढकालको घर भाडामा लिई जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. - १३ बस्ने मुकेश कुमार अग्रवाल र जिल्ला भोजपुर पौवादुम्बा गाउँपालिका वडा नं . ६ बस्ने बर्ष ३४ को सुरेश तामाङ समेतले राजश्व कर छलि गरी गेल्डेन टेम्पल नामको खैनी (सुर्ती) उद्योग संचालन गरेको भनि जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं।१६ बस्ने मान बहादुर तामाङले आवश्यक कारवाही गरी पाउँ भनि मिति २०७७।०८।१७ गते दिएको सुचनाको आधारमा निज मुकेश कुमार अग्रवाल र सुरेश तमाङ समेतलाई मिति २०७७।०८।१८ गते अन्दाजी ९ . ०० बजे सुन्दरहरैचा नगरपालिका वडा नं. -१० त्रिवेणी चोक निजहरूले संचालन गरेको घर कोठामा छापा मारी निम्न सरसामान, कच्चा पदार्थ, मेशिनरी सामान सहित निजहरूलाई पक्राउ गरिएकोमा निज मुकेश कुमार अग्रवाललाई मिति २०७७।०६।०५ गते २१स्०० बजे जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं। १० त्रिवेणी चोक निजले संचालन गरको सुर्ती उद्योगमा बर्ष १७ की परिवर्तित नाम बेलाबारी २३ लाई  जवरजस्ती करणी मुद्दामा ईलाका प्रहरी कर्यालय बेलबारीमा म्याद थप भई अनुसन्धान भई रहेको छ भने निज सुरेश तामाङलाई निजहरूले राजश्व छलि गरेको सामान सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 

बरामद सामाग्रीहरू -

 १९ बोरा सुर्ती 

 स्ट्याम्प छाप दानी १

 लेटर प्याङ थान १

 फोन डायरी थान १

 राजश्व कार्यालयका कागज पत्र 

 सुर्ती रेडिमेट बनाउन प्रयोग हुने बिभिन्न कच्चा पदार्थ, केमिकलहरू

 सुर्ती खैनी प्याकिङ गर्ने मेशिन थान १

 चुना २ बोरा 

 रेडिमेट खैनी १२ बोरा 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.