Websoft University

लिम्बु भाषाको म्युजिक भिडीयो अन्दङ फुङ दर्शकहरुको रोजाईमा

बिराटनगर मंसिर १९गते । रातो तारा डट कम,लिम्बु भाषाका चलचित्र तथा म्युजिक भिडीयोको सफल निर्देशन गर्दै आएका रवि सेर्माले पछिल्लो पटक निर्देशन गरेको पालाम अन्दङ फुङ लाई पनि दर्शकहरुले मन पराएका छन । लिम्बु समुदायको जातिय मौलिख भाषा लिपी भाखा शैलीका साथै जातिय कला संस्कृति संरक्षणमा युवा पुस्तालाई आकर्षित गर्ने उद्धेश्य सहित निर्माण गरिएको म्युजिक भिडीयो अन्दङ फुङ दर्शकहरुको रोजाईमा पर्न थालेको हो ।


सोल्टा र सोल्टेनी विचको धान नाच , माङगेन्ना लगायतका लिम्बु जातिका रितिरिवाज तथा संस्कारलाई म्युजिक भिडियोमा उतारिएको अन्दङ फुङ मा गायक सुमन सानु कुरुम्बाङ र निरन्ता नेम्बाङको स्वर रहेको पालामको म्यूजिक भिडियोको पुर्वी पहाडी जिल्ला ताप्लेजुङको साबाँगाउँ तथा नेपालको दोस्रो अग्लो झर्ना फुङफुङ्देन झरना क्षेत्रमा गरिएको कलाकार उदय सुब्बाले जानकारी दिए ।

लिम्बु संस्कृति झल्कने सो म्युजिक भिडियोमा कलाकारहरु कौशिला चोङबाङ,समिर माबु , उदय सुब्बा कुरुम्बाङ र सिता आङ्बुहाङ लगायत रहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.