Websoft University

नेपाललाई सहयोग र समर्थनका लागि कतारले अनुरोध गर्यो


काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम,नेपाल भ्रमणमा रहेको कतार ओलम्पिक कमिटीका प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटिका प्रतिनिधिसँग भेटगरेकोछ । कतार ओलम्पिकका महासचिव जसिम रसिद जेए अल्बुनइनको नेतृत्वमा रहेको टोलीले हिजो सातदोबाटोस्थित एनओसी भवनमा नेपाली टोलीसँग भेट गरेको हो । भेटमा कतारी टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारी दिन लागेको जानकारी गराउँदै नेपाललाई सहयोग र समर्थनका लागि अनुरोध गरेको थियो । कतारी टोलीले एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको थियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना गर्नुभएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.