Websoft University

अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, र हौसलाको आवश्यकता ( प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्की


बिराटनगर, मंसिर १८ गते ।  रातो तारा डट कम, १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ अनि हौसलाको आवश्यकता हुने बताउनु भएको छ ।


“कोभिड(१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चिततास् अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने मुल नाराका साथ मनाईएको २९ औ अपाङगता दिवशको अवसरमा बिराट बहिरा माध्यामिक बिद्यालय बिराटनगरमा आज दिउँसो भएको शैक्षिक सामग्री बितरण कार्यक्रममा बोल्दै वहाले उक्त कुरा बताउनु भएको हो ।


फ़रक क्षमता भएका व्यक्तिहरुलाई समान अवसरका साथ सकारात्मक वातावरण प्रदान गर्न सके उनिहरु व्यवस्थित ढङ्गले कुनैपनि चुनौतिको सामना गर्न सक्ने वहाको भनाई थियो ।

श्रीमती थापा कार्कीले  फरक क्षमता भएका विद्यार्थीहरुले सृजनशिलता, आत्मविश्वास र मेहनतले गर्दा नै समाजका जुनसुकै स्थानमा अन्य व्यक्तिहरु सरह नै सृजनात्मक कार्य गरेर आफुलाई स्थापित गर्न सक्ने र , आफुलाई उदाहारणीय बनाउन सक्ने बताउनु भयो । २९ औ अपाङगता दिबशकै अवसरमा १  नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा उक्त  बिद्यालयमा “प्रहरी मेरो साथी” शिर्षकमा चित्रकला प्रतियोगिता समेत संचालन गरिएको थियो । उक्त प्रतियगितामा प्रथम हुने निशा खतिवडा,  द्धितिय हुने कमलेश बाबु पुर्बे  र तृतिय हुने पुनम कुमारी यादवलाई संघकी अध्यक्ष थापा कार्कीले पुरस्कार बितरण समेत गर्नु भएको थियो । यसैगरी सोही कार्यक्रममा उक्त बिद्यालयका २५ जना छात्रा छात्रहरुलाई न्यानो कपडा ट्र्याकसुट र मोजा तथा शैक्षिक सामग्रीहरु, ह्याण्ड सेनिटाईजर, खाना पकाउने भाडा वर्तन, चाउचाउ, खेलकुदका समानहरु र मास्क समेत बितरण गरिएको थियो ।  उक्त कार्यक्रममा बिद्यालयकी सहायक प्रधानाध्यापक रमा आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । स्वागत मन्तव्य राख्नुहुँदै प्रधानाध्यापक मिनु अधिकारीले सहयोगी हातहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नुहुँदै यस्ता कार्यक्रमले अध्ययनरत बिद्यार्थीहरुलाई थप हौशला प्रदान भएको बताउनु भयो । धन्यवाद ज्ञापन गर्नुहुँदै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तारानाथ भट्टराईले कार्यक्रमको आयोजना गर्नुहुने प्रदेश प्रहरी श्रीमती संघलाई धन्यवाद दिनुहुँदै यस्तै प्रकारका कार्यक्रमहरुले नै बिद्यार्थीको मनोवल उच्च हुने हुँदा बिद्यालयले समेत यस्तै कार्यक्रमरुलाई आत्मसात गर्दै अगाढी बढ्नुको बिकल्प नरहेको बताउनु भयो । कार्यक्रममा बिद्यार्थीहरु मध्येबाट निशा खतिवडाले सांकेतिक भाषामा आफ्नो भनाई राख्ने क्रममा यस्तो कार्यक्रमको पुन आशा राखेको बताउँदै सबैको माया र स्नेहले नै फरक क्षमता भएका ब्यक्तिहरुको आत्मबिश्वास बढ्ने हुँदा सबैको समान हेराईको खाँसो रहेको बताईन भने बिद्यालयकी शिक्षिका जानुका पोखरेलले सांकेतिक भाषा दोभासेको भुमिका निभाउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.