Websoft University

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन


काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम,कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता गरेको छ । अर्थमन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिलाई ३ दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन हिजो निर्देशन दिएको हो । मन्त्रालयको निर्देशन पछि बीमा समितिले सरकारको निर्देशन कार्यान्वयन गर्न आफूहरु प्रतिवद्ध रहेको बताएको छ । समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले सीआईएनसँग कुरा गर्दै कागजात पुगेका बिमितको समयमै भुक्तानी हुने बताउनुभयो । हाल कुन–कुन बीमा कम्पनीमा कति सङ्ख्यामा दावी परेको छ सोको विस्तृत विवरण, समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत मन्त्रालयले भनेको छ । अझै १३ हजार भन्दा धेरैको कोरोना बीमाको रकम भुक्तानी हुन बाँकी रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.