Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

 


झापा, मंसिर १९ गते । रातो तारा डट कम,झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट बिहिवार दिउँसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका-६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको हो । यसैगरी अर्जुनधारा नगरपालिका-९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका-२ का २२ बर्षीय प्रिन्स खनाललाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.