Websoft University

लड बुद्ध कलेजको बिदाई कार्यक्रम सम्पन्न

 


बिराटनगर । रातो तारा डट कम,लर्ड बुद्ध कलेजले कक्षा १२ को परिक्षा दिएका बिद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । न्यूरो हस्पिटलद्वारा संचालित लर्ड बुद्ध कलेजको प्राङगनमा समाजिक दुरी कायम गरि आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाई बिदाई गरिएको हो ।

कार्यक्रममा कलेजका प्राध्यापक सरोज भट्ट्राईले बिद्यार्थीहरुको उज्जवल भविषयको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो । प्राध्यापक भट्टराईले कोरोना भाइरसको त्रासका बिच विभिन्न चुुनौतिका बाबजुुदपनि कलेजले , परिक्षामा सहभागि हुने बिद्यार्थीहरुलाई आगामि शैक्षिक यात्रा फलदायि रहोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

 यस्तै कलेजका म्यानेजिङ डाइरेक्टर राजेश भट्टराईले आजको बिद्यार्थी भोलीको देशको कर्णधार भएकाले बिद्यार्थीहरुले मानव जातिको कर्तव्य पुरा गर्न समेत तल्लिन हुनुपर्नेमा जोड  दिनुभयो । डाइरेक्टर भट्टराईले लर्ड बुद्ध कलेजबाट आर्जन गरेको शिक्षाले , परिवार देखि समाज र समाज देखि देशलाई बिभिन्न दृष्टिीकोणले विकास गर्न अहम भुमिका निर्वाह गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।  

यस्तै उहाँले अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई कलेजले विदाई गर्ने औपचारिक कार्यक्रम भएतापनि उच्च तहकोे अभ्ययन र शैक्षिक परामर्शका लागि सबै विद्यार्थीहरुलाई कलेजको ढोका सधैँ खुला रहेको बताउनुभयो । 

न्यूरो हस्पिटलद्वारा संचालनमा आएको लर्ड बुद्ध कलेजमा पछिल्लो समय बिद्यार्थीहरुको चाप पढ्दै गएको छ । हाल यस कलेजले १ बिद्यार्थी १ सिट सहितको अवधारणा कार्यन्वयनमा ल्याएको छ । साथै सम्पुर्ण कक्षा कोठालाई अत्याधुनिक प्रविधियुक्त बनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.