Websoft University

जिल्ला अदालत उदयपुर ले एक युवालाई आजिबन कारावास को सजाय सुनायो

 


गाईघाट १८ मंसिर । रातो तारा डट कम,आफैले बोकेको भरुवा बन्दुक पडकीएर बुधबार राती एक बन रक्षकको मृत्यु भएको  छ । जंगल गस्तीमा निस्कीएको बेला सब डिभिजन बन कार्यालय तपेश्वरीमा कार्यरत बन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षिय लेखनाथ बास्तोलाको मृत्यु भएको बन कार्यालय उदयपुरका सुचना अधिकृत जागेश्वर साहले बताए । जंगलमा बेबारीसे अबस्थामा फेला पारेको भरुवा बन्दुक गाडी बाट बाहिर निकाल्ने क्रममा बेलका नगरपालीका १ स्थीत बन कार्यालयको गेट अगाडी पडकीदा बन्दुकको छर्रा लागेर बास्तोलाको राती १० वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए । “गस्तीमा रहेका बास्तोला ले कुन ठाउमा बन्दुक फेला पारे र कसरी पडकियो भन्ने बारे घटनाको अनुसन्धान शुरु गरेको छौ” । एसपि दाहाल ले भने । उनले घटनाको बिस्तृत बिबरण आउन बाकी रहेको बताए । 


गाईघाट १८ मंसिर । रातो तारा डट कम,महिला हत्या गरेको अभियोगमा पुर्णक्षको लागि थुनामा रहेको एक युबक लाई जिल्ला अदालत उदयपुर ले आजिबन कारावास को सजाय सुनाएको छ । जिल्ला न्यायाधिस दिपक खनालको एकल इजलास ले बुधबार ५० बर्षिया डोर कुमारी राउतको हत्या को कसुर ्ठहर गर्दै २५ वर्षिय रोशन राउत लाई आजिबन कारावास सहित पिडित परिवार लाइ १ लाख क्षतिपुर्ति उपलव्ध गराउन आदेश गरेको हो ।अदालतको आदेस संगै कसुरदार लाई बिहीबार कारागार चलान गरीएको अदालतका सुचना अधिकारी राज कुमार आचार्य ले बताए । ०७७ भदौ २७ गते उदयपुरको कटारी नगरपालीका ११ लखन थुम्काकी राउत लाई घरमा एक्लै भएको बेला कसुरदारले खुकुरी प्रहार गरी हत्या गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.