Websoft University

एन्फाले ५८ खेलाडीलाइ प्रशिक्षण दिन बोलायो


काठमाण्डौ मंसिर १८ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको छ । एन्फाले हिजो टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको हो । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि एन्फाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । एन्फाले बन्द प्रशिक्षणका लागि ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्डलाई बोलाएको छ । एन्फाले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर  दिनेश राजवंशी र आदित्य चौधरी परेका छन् । यस्तै विमल, सन्तोष र दिनेश एन्फाको अनुशासनको कारबाहीपछि टिममा परेका थिएनन् । एन्फाले डिसेम्बर १२ मा खेलाडी एन्फाको होस्टलमा सामेल हुने र त्यसपछि टिमको प्रशिक्षण सुरु हुने जनाएको छ । नेपाली टिमले कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा प्रशिक्षण गर्ने छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.