Websoft University

राष्ट्रिय महिला अधिकार मञ्च मोरङको महिला हिंसा विरुद्धको १६ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न !

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,राष्ट्रिय महिला अधिकार मञ्च मोरङको महिला हिंसा विरुद्धको १६ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न !


 घर शान्ति नै विश्व शान्तिको आधार: दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज ' भन्ने नाराका साथ देशै भर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ।


सुन्दरहरैंचा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा पछिल्लो समय हिंसाका घटनाहरुको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्देश्यले प्रदेश नं १ स्थित मोरङमा रहेको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ आइतबारेमा १६ दिने अभियान सञ्चालन गरिएको हो। 

हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला अधिकार मञ्च वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियान मार्फत आह्वान गरिएको मञ्चकी अध्यक्ष कल्पना घिमिरेले बताएकी थिइन्। दैनिक रूपमा महिला माथि हिंसाका घटना बढिरहेकाले सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिइन्।

सुन्दरहरैंचा नगरपालिका वडा नं ३ का वडाध्यक्ष जीवन प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको सो सचेतनामुलक कार्यक्रममा बोल्दै उनले विभिन्न महिला हिंसाको अन्त्यको लागि वडाले विभिन्न सहयोग गर्न तयार रहेको बताएका थिए। कार्यक्रममा सहभागी महिलाहरुले यस्तो सचेतनामुलक कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए।

उक्त कार्यक्रममा मोरङ बार एसोसिएसनकी सहसचिव अधिवक्ता   अञ्जना संग्रौला ढकालले महिला हिंसाबाट सचेत रहनका लागि महिलाहरुलाई प्रशिक्षण दिएकी थिइन्।

सुन्दरहरैंचा नगरपालिकाकी कार्यपालिका सदस्य तारा घिमिरेले महिला हिंसाको अन्त्यको लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएकी थिइन्।

उक्त कार्यक्रममा सुन्दरहरैंचा वडा नं ३ की महिला वडा सदस्य शान्ता सिटौला , महिला फेडेरेसनकी प्रतिनिधि बबिता खापुङ ,प्रहरी चौकी गछियाका इन्चार्ज दिपिन थापा,

ने. का वडा नं ३ का प्रतिनिधि केदार पाैडेल लगायत अन्य जनप्रतिनिधि साथै विभिन्न विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो भने राष्ट्रिय महिला अधिकार मञ्चकी उपाध्यक्ष रिता दाहालले कार्यक्रम सञ्चालन गरेकी छिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.