Websoft University

९ बर्षदेखि थलापरेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार

विराटनगर,  २० मंसिर । रातो तारा डट कम,भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । 


विगत ९ बर्षदेखि बिरामी परेका उनको  प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आज उद्धार गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ ।  घरमा भएको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवैजनालाई उद्धार गरि विराटनगरको मानव सेवा आश्रममा ल्याईएको छ । 

राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउनुभयो । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्धार तथा पुर्नस्थापनाको काममा प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरले बताउनुभयो । करिव २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी लगायत प्राथमिक उपचार गरेको थियो । 

उद्धार गरिएका राई स्वास्थ्य परीक्षण पछि रोगबारे थाहा हुने मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.