Websoft University

सृजना सामुदायिक वन उपभोक्ता समुहको १० औं वार्षिक साधारण सभा सम्पन्न ।


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा न.पा ७ मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधरण सभा आज शनिबार सम्पन्न भएको छ । कार्यक्रम बन कार्यालयको प्राङ्गणमा सम्पनन भएको हो । सुन्दरहरैंचा वडा नं ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाको प्रमुख आतिथ्यता  रहेको कार्यक्रममा विशिष्ट अतिथि सलकपुर सव डिभिजन वन कार्यलयका प्रमुख लाल ब. माझि, अतिथिहरु वडा नं ७ का वडा सदस्य भुवन सिं मगर, समाजसेवी नागेश पोखरेल, समितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थिायो ।


कार्यक्रममा आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन उक्त सामुदायिक वनका अध्यक्ष भक्तिप्रसाद सिटौलाले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले कोरोना भाइरस कोभिड १९ का कारण विगतमा सम्पन्न साधरण सभा जस्तो गर्न नसकिएको साथै गत वर्षका केही कार्ययोजनाहरुलाई पनि कार्यन्वयन गर्न नसकिएको बताउनुभयो । स्थापना कालदेखि धेरै संघर्ष र मेहनतका साथ लागि परेको र विभिन्न कालखण्डमा आएका चुनौतिको सामना गर्नु परेको स्मरण गराउदैं उहाँले आगामी पुस्ताले पनि वनको संरक्षण तथा संवद्धनमा जिम्मेवारी भएर लाग्न पर्ने कुरामा जोड दिनुभयो ।

नक्सामा भए अनुसार १५४.६६ हेक्टर क्षेत्रफल रहेको उक्त सामुदायिक वनमा वि.सं २०६० सालदेखी आफुले अध्यक्षता सम्हाल्दै आएको र आगाी साधारण सभा चुनावी साधारण सभा भएकोले नयाँ जोस जागर भएका युवाहरुलाई तयारी रहन समेत आग्रह गर्नुभयो । गत आ.व मा ५९८ भरधुरी उपभोक्ता रहेकोमा हाल आएर ७८९ घरधुरी रहेको रहेको छ । त्यस्तै लेखा प्रतिवेदन लेखा संयोजक दण्ड ब. खड्काले प्रस्तुत गर्नुभएको थियो । उहाँले आ.व. २०७६÷०७७ को आम्दानीतर्फ १४ लाख ७६ हजार ५ सय ५९ रहेकोमा १३ लाख ४७ हजार २ सय ३६ खर्च गर्दै १ लाख २९ हजार ३ सय २२ रुपैया बचत गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि माझिले वैज्ञानिक पद्धतिबाट वनको विकास गदै लैजानुपर्ने कुरा औल्याउनु भएको थियो ।

कार्यक्रममा ६ जना ज्येष्ठ नागरिकहरुलाई जनही नगद १ हजार १ सय नगद रकम सहित खादा ओढाएर सम्मान  गरिएको छ । सम्मानित हुनेहरुमा चन्द्र बहादुर गुरुङ्, घुरनी चौधरी, गंगामाया विश्वकर्मा, महेश्वरी अधिकारी, दावा तामाङ्, र पदमलाल पौडेल रहेका छन् । त्यस्तै वन रुघालु नारायण खड्का, प्रेमलाल वास्तोला, युवराज कटुवाल र उमाकान्त लुँइटेललाई पोषाक वितरण गरिएको छ । कार्यक्रममा समितिको तर्फबाट मोहन पोखरेलले मन्तब्य र समितिकी उपाध्यक्ष योगमाया कटुवालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.