Websoft University

इनरुवा अस्पताल विकास समिति सदस्य मनोनित

 


विराटनगर, २ पुस । रातो तारा डट कम, सुनसरीको इनरुवा अस्पताल व्यवस्थापन समितिका ५ सदस्यलाई मनोनित गरिएको छ । मन्त्रीस्तरिय निर्णयले व्यवस्थान समिति सदस्यहरुमा पर्शुराम यादव, धिरा राई, रामप्रसाद मेहता, ध्रुवनारायण पण्डित, तोयादेवी गिरी पोद्धारलाई सदस्यमा मनोनित गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईले जानकारी दिनुभयो । 

प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मनोनित सदस्यहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले इनरुवा अस्पतालको विकास र विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो । 

प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा १३ सदस्यीय व्यवस्थापन समिति गठन गर्ने व्यवस्था उल्लेख छ । व्यवस्थापन समितिमा सम्बन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग बाणिज्य संघको प्रमुख, जिल्ला रेडक्रस सोसाईटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.